प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०८-०४

  • A
  • A-
  • A+
Share


१.     रौतहट, लेनदेन बिगो मुद्दामा २ बर्ष कैद सजाय भएको फरार प्रतिवादी गढीमाई नगरपालिका ९ मलाहीटोल बस्ने बर्ष ४२ को गणेश सहनीलाई कार्तिक ३ गते सोमवार बेलुका प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा गाउँ घरमा घुमफिर गरिरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
फरार प्रतिबादी नियन्त्रणमा
२०८१-०८-०५

१.      बारा, डाँका मुद्दामा १ बर्ष कैद र रु.१०,५००/- (दश हजार पाँच सय रुपैयाँ) जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा बिश्रामपुर गाउँपालिका २ बरैनिया बस्ने वर्ष २२ को रुपेश यादब भन्ने अर्जुन राय यादबलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको । इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले निज अर्जुन राय यादबलाई निजकै घर वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.     बारा, लागु औषध (ब्राउन सुगर) चालु मुद्दाको फरार प्रतिवादी जिल्ला बारा फेटा गाउँपालिका ३ फेटा बस्ने बर्ष २० को हारुन देवानलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा निजलाई फेटा गाउँपालिका ४ फुलबरिया चोकबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-०४

१.     सप्तरी, राजगढ गाउँपालिका ४ बेल्ही चपेना शनी मन्दिर स्थितबाट १७ क्युवीन्टल ३६ किलो ग्राम लागू औषध गाँजा सहित जिल्ला धनकुटा शहिदभुमी गाँउपालिका वडा नं. ३ बस्ने बर्ष ३३ को यमजित राईलाई कार्तिक ३ गते सोमवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय  कल्याणपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाका आधारमा जिल्ला पत्थरगाढाबाट झुटकीतर्फ जाँदै गरेको को.१ ख ६५०३ नम्बरको टिपर गाडीलाई चेकजाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.     पर्सा बिरगंज महानगरपालिका १६ शंकराचार्य गेट  स्थितबाट ५ किलो ६४० ग्राम लागू औषध गाँजा सहित देश भारत बेतिय जिल्ला सुगौली वडा नं. ८ बस्ने वर्ष २० को साहेब आलमलाई कार्तिक २ गते आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट रक्सौल तर्फ जाँदै गरेको पैदल यात्रीलाई शंका लागी चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-०२

१.      महोत्तरी, औरही नगरपालिका १ औरही चेक पोष्ट स्थितबाट १५० किलो लागू औषध गाँजा सहित जिल्ला सर्लाही लालबन्दी नगरपालिका ११ बस्ने बर्ष २७ को आकाश ठाकुर र जिल्ला सर्लाही हरिवन नगरपालिका २ बस्ने बर्ष ३० को पेमा दोर्जे लामालाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा  लिएको  छ । प्रहरी चौकी औरही र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा गौशलाबाट औरही तर्फ आउँदै गरेको UP 57 AF9495 नम्बरको भारतीय नम्बर प्लेटको ब्रेजा कारलाई चेकजाँच गर्दा उक्त परिमाणको लागू औषध, नगद रु. ७७,०००/- र‍ मोबाईल थान ३ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.     पर्सा, बहुदरमाई नगरपालिका ७ बिश्रामपुर स्थितबाट ५ किलो लागू औषध गाँजा सहित बहुदरमाई नगरपालिका ७ भौराटार बस्ने बर्ष १८ को दिनेश कुमार नुनियालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८१-०८-०२

१.      सिरहा, जबरजस्ती करणी (पेण्डिङ) मुद्दाका फरार प्रतिवादी नरहा गाउँपालिका ४ बस्ने बर्ष २१ को रमेश कुमार यादवलाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.     सप्तरी, अपराधिक उपद्रव मुद्दामा १ बर्ष ११ महिना ५ दिन कैद र रु. २०,०००/-  (बीस हजार रुपैयाँ) जरिवाना भएको फरार प्रतिवादी कन्चनरुप नगरपालिका ८ कटवारी टोल बस्ने सोनु मण्डललाई आतवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा निजलाई घर वतन एरियाबाट नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   ३.     सप्तरी, डाँका मुद्दामा ११ महिना १५ दिन कैद र रु. १०,०००/- (दस हजार रुपैयाँ) जरिवाना भएको फरार प्रतिवादी जिल्ला सप्तरी सुरुङगा नगरपालिका ७ बस्ने वर्ष ३० को नन्दी पासवानलाई आतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा  सुरुङगा नगरपालिका ४ कदमहा चोक स्थितबाट निजलाई नियन्त्रणमा लिएको हो । यस सन्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-२९

१.     पर्सा, विरगंज महानगरपालिका १५ भिष्वा होटल स्थितबाट लागू औषध चरेश जस्तो देखिने पदार्थ २२ के.जी. ५०० ग्राम सहित जिल्ला बारा सिम्रौनगढ नगरपालिका ४ हरिहरपुर बस्ने वर्ष २९ को मकसुद अन्सारी, वर्ष २० को रामलाल सहनी र देश भारत विहार जिल्ला मोतीहारी ग्राम आदापुर, सामपुर वडा नं. ९ बस्ने वर्ष २९ को मुकेश कुमारलाई बुधवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भिष्वा होटल अगाडी चालीस फिट्टे सडकमा लागू औषध चरेश खरिद बिक्री भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा चेकजाँच गर्दा ना.१५प. ११५६ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।