फरार प्रतिवादी पक्राउ
२०८१-०८-०६
- A
- A-
- A+
१. बारा, हातहतियार खरखजाना
मुद्दामा ३
महिना कैद र रु. ५,०००/- (पाँच हजार) जरिवाना
तोकिएको फरार
प्रतिवादी निजगढ नगरपालिका
३ बस्ने मंगललाल भन्ने मंगल बहादुर पाख्रिनलाई
बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय निजगढबाट
खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई घर गाँउ एरियाबाट नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. बारा,
लागू औषध मुद्दामा २० दिन कैद भएको फरार प्रतिवादी कलैया उपमहानगरपालिका १२
शितलपुर बस्ने बर्ष ३५ को मनोज साहलाई बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको
छ । प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलीले निजलाई घर वतन एरियाबाट नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।