बिल विजक भन्दा बढी खुद्रा सामान लोड भएको ट्र्क नियन्त्रणमा
२०८१-०८-१०
- A
- A-
- A+
१. पर्सा,
विरगंज महानगरपालिका ८ घण्टाघर स्थितबाट बिल बिजक भन्दा बढी खुद्रा सामान अं. मू. रु.६८,९१,४४९/-
(अठसट्ठी लाख एकानब्बे हजार चार सय उनन्पचास रुपैयाँ) बराबरको खुद्रा सामान लोड रहेको
ना ४ ख २१६० नम्बरको ट्रकलाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी
कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट चितवन
तर्फ जाँदै गरेको उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।