फरार प्रतिवादी पक्राउ
२०८१-०८-११
- A
- A-
- A+
१. सप्तरी, बहुविवाह मुद्दामा १ बर्ष कैद र रु. १०,०००/-
जरिवाना भएको फरार प्रतिवादी बिष्णुपुर गाउँपालिका १ बस्ने अजय यादवलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको
छ । इलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरी टोलीले निजलाई घर वतन एरिया
अन्तर्गतबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
२. रौतहट, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी जिल्ला रौतहट
दुर्गाभगवती गाउँपालिका ४ छतौना टोल बस्ने वर्ष ४० को मोहमद जनिफलाई सोमबार साँझ
प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले
खोजतलास गर्दै जाने क्रममा निजलाई दुर्गाभगवती गाउँपालिका २ पिपरा बजारमा लुकिछिपि
हिंडडुल गरिरहेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।