लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०८-१२
- A
- A-
- A+
बारा,
कोल्हवी नगरपालिका ५ सोनाभार टोल स्थितबाट १७० किलो ग्राम लागू औषध गाँजा सहित जिल्ला
बारा कोल्हवी नगरपालिका ५ सोनाभार टोल बस्ने वर्ष ५० को रमोद चौधरी र दिनदयाल
चौधरीको श्रीमती वर्ष ५२ कि मनमती देवी चौधरीलाई मंलवार राती प्रहरीले नियन्त्रणमा
लिएको छ । इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको
आधारमा निज दिनदयाल चौधरीको घरमा घर खानतलासी गर्दा उक्त लागू औषध गाँजा फेला
परेकोले निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।