फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०८-१९
- A
- A-
- A+
१.
सप्तरी, डाँका मुद्दामा २ महिना ४ दिन कैद र रू. ५,०००/-
(पाँच हजार रुपैयाँ) जरिवाना भएको फरार
प्रतिवादी बोदेबर्साइन नगरपालिका ५ बस्ने बर्ष २७ को सिता राम दासलाई
मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय
बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई आफ्नै गाउँ
घरमा लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२.
सप्तरी, डाँका मुद्दामा २ महिना ५ दिन कैद र रू.५,०००/-
(पाँच हजार रुपैयाँ) जरिवाना भएको फरार प्रतिवादी महादेवा गाउँपालिका १ बस्ने मो. सकिम
पमरियालाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पकरीबाट
खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा आफ्नै गाउँ घरमा लुकीछिपी बसिरहेको
अवस्थामा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।
३.
सप्तरी, डाँका मुद्दामा २ महिना ५ दिन कैद र रू.५,०००/- (पाँच हजार)
जरिवाना भएको फरार प्रतिवादी महादेवा गाउँपालिका १ बस्ने मो. जवाहर भन्ने जब्बर खानलाई मंलवार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पकरीबाट खटिएको प्रहरी टोलीले खोजतलास
गर्दै जाने क्रममा निजलाई आफ्नै गाउँ घरमा लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।