२ करोड ९ लाख ६ हजार ८ सय ४२ रुपैयाँ बराबरको सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०८-२०
- A
- A-
- A+
पर्सा, बिरगञ्ज
महानगरपालिका १५ स्थित प्रतिमा चोकबाट विल विजक भन्दा बढि २ करोड ९ लाख ६ हजार ८
सय ४२ रुपैयाँ बराबरको हार्डवेयर तथा औषधीहरु लोड रहेको ना.४ ख. ९८५१ र प्रदेश
२-०३-००१ ख ६५५७ नम्बरको मालबाहक ट्रकहरूलाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा
लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने
क्रममा बिरगञ्जबाट काठमाण्डौ र विराटनगर तर्फ जाँदै गरेको उक्त ट्रकहरुलाई चेक
जाँच गर्दा विल विजक भन्दा बढिको सामान रहेको ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान
तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।