फरार प्रतिवादी पक्राउ
२०८१-०८-२०
- A
- A-
- A+
सिरहा, मिर्चैया न.पा.१० महेशपुर
स्थितबाट सवारी ज्यान मुद्दामा २६ दिन कैद सजाय तोकिएको फरार प्रतिवादी जिल्ला
सिरहा मिर्चैया नगरपालिका १० महेशपुर बस्ने बर्ष ५५ को रामकिशुन साह तेलीलाई बुधबार
बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको
प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई गाउँ घरमा लुकिछिपि बसिरहेको
अवस्थामा नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।