लागू औषध सहित कार नियन्त्रणमा
२०८१-०९-०९
- A
- A-
- A+
१.
बारा, सिम्रौनगढ नगरपालिका ४
हरिहरपुर स्थितबाट ४३ के.जी. लागू औषध गाँजा सोमबार बेलुका प्रहरीले बरामद गरेको छ
। इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको संयुक्त
प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा तेलकुवाबाट सिम्रौनगढ तर्फ आउँदै गरेको BR
01 AU1107 नम्बरको भारतीय कारलाई शंका लागि पछ्याउँदै जाने क्रममा
कार चालकले प्रहरी टोलीलाई देख्नासाथ तत्काल कार छाडी फरार भएकोमा प्रहरी टोलीले उक्त
कार चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध फेला परेकोले लागू औषध सहित कार
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।