लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-०९
- A
- A-
- A+
१.
सर्लाही, पर्सा गाउँपालिका ३
बाट ५ के.जी. लागू औषध गाँजा सहित ईश्वरपुर
नगरपालिका ३ बस्ने बर्ष २३ को बिजय महतोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ
। जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी नारायणपुरबाट खटिएको संयुक्त
प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा प्रहरी टोलीलाई देख्नासाथ मोटरसाईकल चालक ईश्वरपुर
नगरपालिका २ राईटरखोर बस्ने राजिव साह उक्त मोटरसाईकल पछाडी सवार बिजय महतोलाई
छोडी फरार भएकोमा निजलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।