लागु औषध नियन्त्रणमा
२०८१-०९-११
- A
- A-
- A+
१. बारा, सिम्रौनगढ नगरपालिका ७ खजानीबाट १४२ के. जी. लागू औषध गाँजा
बुधवार बेलुका प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी श्रीनगर बैरीयाबाट खटिएको
प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा कोतवाली नहरबाट खजानी तर्फ आउँदै गरेको BR
22 AQ 2976 नम्बरको सुपर स्प्लेन्डर
मोटरसाइकललाई शंका लागि पछ्याउँदै जाने क्रममा मोटरसाईकल चालकले प्रहरी टोलीलाई
देख्नासाथ मोटसाईकल छाडी फरार भएकोमा प्रहरी टोलीले मोटरसाईल चेक जाँच गर्दा
उक्त परिमाण बराबरको लागू औषध गाँजा फेला परेकोले लागू औषध सहित उक्त मोटरसाईकल
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।