लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-११
- A
- A-
- A+
१. सर्लाही, गोडैता नगरपालिका १२ मधुवनी चोकबाट सेतो हिरोईन जस्तो
देखिने सेतो रंगको धुलो पाउडर ५२.५१ ग्राम र नेपाली रु. ३०,३२०/- (तीस हजार तीन सय बीस रुपैयाँ) सहित जिल्ला सिन्धुली
मरिण गाउँपालिका ४ ठुलीदमार बस्ने बर्ष ३४ को तेज बहादुर बराईली र जिल्ला बारा
निजगढ नगरपालिका १ सिंगोल बस्ने बर्ष ४२ को आनन्द बराईलीलाई बुधवार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गडहिया र प्रहरी चौकी
मधुवनगाउँबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाको आधारमा भारतबाट नेपाल
तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००५प ५२६२ नम्बरको मोटरसाइकललाई चेक जाँच
गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धन गरिरहेको छ ।
२. सर्लाही, हरिवन नगरपालिका
१० स्थितबाट लागू औषध गाँजा १ किलो ७७ ग्राम सहित सोही स्थान बस्ने जय कुमारी पासवानलाई बुधवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय
हरिवनबाट खटिएको प्रहरी टोलीले निज जय
कुमारी पासवानले आफ्नै घरमा लागू औषध गाँजा
बिक्री वितरण गरिरहेको छ भन्ने विशेष
सुचनाको आधारमा निजको घर खानतलासी गर्दा उक्त परिमाण बराबरको लागू औषध गाँजा
फेला परेकोले निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।