फरार प्रतिवादी पक्राउ
२०८१-०९-१२
- A
- A-
- A+
धनुषा, अपहारण तथा शरीर बन्धक मुद्दामा ११
वर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी सबैला नगरपालिका १३ ढोलबजा बस्ने वर्ष ५१ को
रामकरण यादवलाई बिहीबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय सबैला र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी
टोलिले निजलाइ सबैला नगरपालिका १३ ढोलबजा स्थित आफ्नै घर अगाडीबाट नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।