लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१६
- A
- A-
- A+
धनुषा, मिथिला नगरपालिका ९ बडहरी बजारबाट
लागू औषध Exiplon Syrup 100 ml को
१० बोतल र Nitravet-10 लेखिएको ३ वटा ट्याब्लेट सहित धनुषाधाम
नगरपालिका ९ बस्ने बर्ष १९ को रामचन्द्र मण्डल र बर्ष २१ को सन्तोष मण्डल
केवटलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा इलाका
प्रहरी कार्यालय ढल्केवर र लागू औषध व्यूरो शाखा कार्यालय बर्दिबासबाट
खटिएको संयुक्त प्रहरी टोलीले पूर्वबाट बडहरी बजार तर्फ आउँदै गरेको मधेस
प्र.-०२-००६ प ६८६० नम्बरको मोटरसाईकललाई शंका लागि चेक जाँच गर्ने क्रममा सोधपुछ
गर्दा जिल्ला धनुषा मिथिला नगरपालिका ८ बडहरी खोलाको पूर्वी किनारा छेउको झाडीमा
लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध फेला परेकोले लागू औषध सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।