लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०९-२१
- A
- A-
- A+
बारा, निजगढ नगरपालिका ८ स्थितबाट लागू
औषध गाँजा १० किलो ग्राम सहित जिल्ला चितवन राप्ति नगरपालिका १२ बस्ने बर्ष ३६ को
भिम बहादुर तामाङलाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय निजगढ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराबाट खटिएको ट्राफिक सहितको
संयुक्त चेकिङ टोलीले पथलैयाबाट निजगढ तर्फ आउँदै गरेको ना. ३९ प. १२६७ नम्बरको मोटरसाईकललाई
रोक्न खोज्दा उक्त मोटरसाईकल भाग्ने क्रममा ट्राफिक प्रहरीको मेजिक लाईट समेत
फुटेको र मोटरसाईकल आफै अनियन्त्रित भई रोकी राखेको ग १ क ३७९२ नम्बरको ट्रकमा
ठोक्किन गई दुर्घट्ना भएकोमा मोटरसाईकल चालक सामान्य घाईते भएको र निजले बोकेको
झोला चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध गाँजा फेला परेकोले उक्त लागू
औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।