लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-१०-०६
- A
- A-
- A+
१. पर्सा,
बिरगंज महानगरपालिका १९ बर्वा स्थितबाट प्रतिबन्धित लागू औषध गाँजा १९५ किलो ग्राम
सहित जिल्ला मकवानपुर हेटौंडा उपमहानगपालिका १२ रमनटार बस्ने बर्ष ३६ को सुकलाल
महर्जनलाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरीया,
अस्थाई प्रहरी पोष्ट बिन्दबासिनी र अस्थाई प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको
संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा बा.प्र.०३-००१ख ३५८७ नम्बरको ट्रकमा
लोड गरी ल्याएको लागू औषध गाँजा बर्वा स्थित रोड छेउमा रहेको परालको थुप्रोमा
लुकाई छिपाई भाग्ने क्रममा उक्त परिमाण बराबरको लागू औषध र ट्रक सहित चालक निज सुकलाल
महर्जनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।