लागू औषध बरामद
२०८१-१०-०६
- A
- A-
- A+
१. सर्लाही,
पर्सा गाउँपालिका ६ स्थितबाट लागू औषध WINCEREX COUGH SYRUP २९८ पिस आईतवार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पर्साबाट
खटिएको प्रहरी गस्ती टोलीलाई देख्ना साथ हुलाकी सडक खण्डमा मानिसहरुले भारतबाट
नेपाल तर्फ बोरामा बोकी ल्याउँदै गरेको उक्त लागू औषध फालि फरार भएकोमा बोरा खोली
हेर्दा उक्त परिमाण बराबरको लागू औषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।