फरार प्रतिवादी पक्राउ
२०८१-१०-०९
- A
- A-
- A+
बारा, जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद
र रू. ३,००,०००/- जरिवाना भएको फरार प्रतिवादी जिल्ला बारा
बारागढी गा.पा.वडा नं.१ पिप्रा टोल बस्ने शंकर सहनीको छोरा अं.वर्ष २७ को सुनिल
सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी
टोलीले विशेष सुचनाको आधारमा खोजतलास गर्दै जाने क्रममा निजलाई बारागढी गा.पा.वडा
नं.१ पिप्रा टोलबाटै नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।