लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८१-१०-१०
- A
- A-
- A+
सिरहा, सिरहा नगरपालिका १७
भन्सार गेट छेउबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम २००
मिलिग्राम सहित गोलबजार नगरपालिका ७ बस्ने बर्ष २५ को हृदय सिंह र गोलबजार नगपालिका ८ बस्ने बर्ष २२ को धर्मेन्द्र यादवललाई बुधवार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । लागू औषध नियन्त्रण ब्युरो जनकपुर र इलाका प्रहरी
कार्यालय माडरबाट खटिएको संयुक्त गस्ति टोलीले जयनगर (भारत)बाट माडरतर्फ आउँदै
गरेको प्रदेश ३-०३-००१प ९८३६ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा
निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।