लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-२१
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उपमहानगरपालिका
२ सिमरा चोक स्थित बिरगंज पथलैया सडक खण्डको पश्चिम तर्फको फुटपातबाट लागू औषध
अफिम जस्तो देखिने पदार्थ ३ के.जी. ४४ ग्राम सहित जिल्ला मकवानपुर कैलाश गाउँपालिका
२ वैकुण्ठ बस्ने वर्ष ४५को भिमलाल मोक्तानलाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज र इलाका
प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलीले निजलाई चेक जाँच गर्ने
क्रममा उक्त परिमाण बराबरको लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।