लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-२२
- A
- A-
- A+
१. बारा,
जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया स्थितबाट ७ (सात) किलो ग्राम लागू औषध गाँजा
सहित जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ बस्ने बर्ष ३१को बिक्रम लामा र मनहरी
गाउँपालिका २ बस्ने बर्ष ३८ को जिवन स्याङवोलाई मिति २०८१/१०/२२ गते मंगलबार बिहान
प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यस्थापन
कार्यालय पथलैयाबाट ट्राफिक चेक पोष्टमा खटिएको टोलीले हेटौंडाबाट पथलैया तर्फ आउँदै
गरेको बा.प्र.०३-००५ प ७२६६ नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा उक्त परिमाण
बराबरको लागू औषध फेला परेकोले लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।