लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-२३
- A
- A-
- A+
१. सप्तरी, बोदेबर्साइन नगरपालिका १० स्थितबाट लागू
औषध Nitrazepam Tablets ७० पिस (१४ पत्ता),
Spasmo Proxyvon plus Tablets १२ पिस (३
पत्ता), Oscal Tablets ५ पिस (१ पत्ता), Dialex-dc+
100ml (२ बोतल) सहित डाक्नेश्वरी नगरपालिका ९
बस्ने बर्ष २० को प्रकाश चौधरीलाई मिति २०८१/१०/२२ गते बेलुका प्रहरीले पक्राउ
गरेको छ । इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी गस्ती टोलीले चेक
जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सप्तरी,
सप्तकोशी नगरपालिका ७ बतिगामा स्थितबाट २ के.जी. लागू औषध गाँजा सहित महादेवा गाउँपालिका
१ बस्ने बासुदेव यादवको छोरा बर्ष २२ को निराजन यादव र बर्ष ४३ को बिन्दु यादवलाई
मिति २०८१/१०/२२ गते दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट
खटिएको प्रहरी गस्ती टोलीले बतिगामाबाट कंचनपुर तर्फ जाँदै गरेको म. प्र.०१-००४ प
३७३८ र म.प्र.२-०१-००३ प १८५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा
निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. बारा,
प्रसौनी गाउँपालिका २ प्रसौनी बजार स्थितबाट ९ के. जी. २०० ग्राम लागू औषध गाँजा
सहित प्रसौनी गाउँपालिका २ प्रसौनी बस्ने बर्ष ५५ की रम्भा देवी मुखिया, बर्ष ३८
को जोगिन्द्र मुखिया र जिल्ला पर्सा बिन्दबाशिनी गाउँपालिका २ गर्दैल बस्ने बर्ष
६० की ममता देवी मुखियालाई मिति २०८१/१०/२३ गते बिहान प्रहरीले पक्राउ गरेको छ । लागू
औषध गाँजाको ओसारपसार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय
प्रसौनीबाट खटिएको प्रहरी टोलीले प्रसौनी बजारबाट भलुही तर्फ पैदल जाँदै गरेको
निजहरुलाई चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।