खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-१०-२३
- A
- A-
- A+
१. बारा,
जितपुरसिमरा उपमहानगरपालिका २१ स्थितबाट बिल बिजक भन्दा बढी अन्दाजी मुल्य रु. ४१,८६,३००/-
(एक्चालिस लाख छयासी हजार तीन सय रुपैयाँ) बराबरको खुद्रा सामान सहित ना ६ ख ८३०५
नम्बरको ट्रकलाई मिति २०८१/१०/२३ गते बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट काठमाडौं तर्फ जाँदै
गरेको उक्त ट्रकलाई चेक जाँच गर्दा बिलबिजक भन्दा बढी सामान रहेकोले सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ
।