लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-१०-२५
- A
- A-
- A+
१. महोत्तरी,
भंगाहा नगरपालिका ६ मजरा स्थित बर्दिबास
जलेश्वर सडक खण्डबाट ६०० के.जी. लागू औषध गाँजा सहित जिल्ला उदयपुर कटारी नगरपालिका
१ बस्ने वर्ष २३ को गणेश बहादुर बिश्वकर्मालाई मिति २०८१/१०/२४ गते बेलुका प्रहरीले
पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट
जमुनियाबाट खटिएको प्रहरी गस्ती टोलीले बर्दिबासबाट जलेश्वर तर्फ जादै गरेको २-०४-००१ ख ००२१ नं.को ट्रकलाई
चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागू औषध फेला परेकोले लागू औषध सहित
ट्रक चालक निज गणेश बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, गोलबजार नगरपालिका २
स्थितबाट ५५७ ग्राम लागू औषध गाँजा सहित सोही स्थान बस्ने वर्ष ३१ को आशिष लामा र वर्ष
२९ को अनिष लामालाई मिति २०८१/१०/२४ गते बेलुका प्रहरीले पक्राउ गरेको छ । निज
आशिष लामाको घरमा गाँजाको बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले निजको घर खानतलासी गर्दा
उक्त परिमाण बराबरको लागू औषध फेला परेकोले उक्त लागू औषध सहित निज दुवैजनालाई
प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।