लागू औषध गाँजा नियन्त्रणमा
२०८१-१०-२९
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उपमहानगरपालिका २१ स्थितबाट
लागू औषध गाँजा २८ किलो (झोला सहित) मिति २०८१/१०/२८ गते सोमबार बेलुका प्रहरीले बरामद
गरेको छ । हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकलमा अवैध
लागू औषध गाँजा बोकेर हिंडिरहेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ इलाका प्रहरी
कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाईकललाई पिछा गर्दै जाने
क्रममा निजले प्रहरी पछि लागिरहेको थाहा पाई उक्त लागू औषध गाँजा झोला सहित फालि फरार
भएकोमा झोला चेक जाँच गर्दा उक्त परिमाणको लागू औषध गाँजा फेला परेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।