लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-०२
- A
- A-
- A+
१.
सिरहा, गोलबजार नगरपालिका-४ शिव मंन्दिर स्थितबाट
लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम १९० मिलिग्राम सहित मोटरसाईकल
चालक ऐ.गोलबजार नगरपालिका-७ दशई महाजन टोल बस्ने रामजतन मण्डलको छोरा अं.बर्ष २०
को पंकज मण्डल र सोही मो.सा.पछाडि सवार ऐ.गोलबजार नगरपालिका-६ ग्रामिण टोल बस्ने
पपुकलाल दनुवारको छोरा अं.वर्ष २८ को अरबिन्द सिंह दनुवार अर्को सोही मोटरसाईकल पछाडी
सवार ऐ.गोलबजार नगरपालिका-६ लभ टोली टोल
बस्ने सोनफी मुखियाको छोरा अं.बर्ष २६ को रबिन मुखियालाई बिहिवार राती
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ति
टोलीले क्यामपस रोड बाट शिव मंदिर तर्फ आउंदै गरेको स.३ प ६३४४ नं.को १२५ CC को DISCOVER
मोटरसाईकललाई संका लागि चेकजाँच गर्दा लागु औषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ ज्याकेटको खलतीमा १९ वटा
स-साना कालो प्लास्टिकको टुक्रामा कागजमा बेरी राखिएको अवस्थामा निजहरु ३
जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धा गरिरहेको छ ।