रेडीयोधर्नी तथा खनिज पदार्थ जस्तो देखिने धातु सहित २ जना भारतिय नागरीक पक्राउ
२०८१-११-०२
- A
- A-
- A+
१.
पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित
चालीस फिट्टे सडकखण्डबाट रेडीयोधर्नी तथा खनिज पदार्थ जस्तो देखिने धातु अं.२
के.जी.३०० ग्राम सहित भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा ग्राम रघुनाथपुर
बस्ने वर्ष २२ को एजाज अन्सारी रभारत विहार जिल्ला मोतीहारी थाना रामगढवा ग्राम
बेल्हिया वडा नं.८ बस्ने वर्ष ४२ को महमद लैसलाई शुक्रवार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको नियमित चेकिङ
टोलीले नेपालबाट भारततर्फ जाने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने
क्रममा निजहरुले बोकेको ब्याग भित्र लुकाइ छिपाई राखिएको कालो प्लाष्टिक भित्र रेडीयोधर्नी तथा खनिज
पदार्थ जस्तो देखिने धातु सहित एजार अन्सारी र महमद लैसलाई नियन्त्रणम लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ