फरार प्रतिवादी नियन्त्रणमा
२०८१-११-०४
- A
- A-
- A+
१.
सिरहा, लागू औषध मुद्दामा १
बर्ष कैद सजाय भएको फरार प्रतिवादी सिरहा नगरपालिका १६ माडर बस्ने बर्ष ५७ को सकुर
मियालाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय
सिरहाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सप्तरी, कर्तव्य ज्यान
मुद्दाको फरार प्रतिवादी सुरुङगा नगरपालिका २ पुतली चोक बस्ने बर्ष ४५ को बद्री
अधिकारी र वर्ष ४५ को शुभनारायण यादवलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको
छ । इलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै
जाने क्रममा निजहरुलाई घर वतनबाटै नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।