लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-०५
- A
- A-
- A+
१.
धनुषा, सबैला नगरपालिका १३ प्रसाही स्थितबाट
लागू औषध गाँजा २ किलोग्राम सहित सोही स्थान बस्ने बर्ष ६५ को महेश्वर मण्डल खत्वेलाई
मिति
२०८१/११/०४ गते आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै घरमा लागू
औषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सुचना प्राप्त हुनासाथ प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरी
टोलीले निजको घरमा खोजतलास गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त परिमाण बराबरको
लागू औषध गाँजा र गाँजा काट्ने औजार सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा, जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया
स्थितबाट लागू औषध गाँजा १० किलो ५०० ग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका १५
बस्ने वर्ष ३७ को सुर्य पाख्रीनलाई मिति २०८१/११/०५ गते सोमवार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले नारायणघाटबाट
बिरगंज तर्फ आउँदै गरेको ना ४ ख ७१६५ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने
क्रममा निजलाई उक्त परिमाण बराबरको लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. धनुषा, गणेशमान चारनाथ नगरपालिका १ बालुवा खोला स्थितबाट ब्राउन सुगर जस्तो
देखिने खैरौ पदार्थ ३९.१९० ग्राम सहित गणेशमान चारनाथ नगपालिका १ छघरिया बस्ने अन्दाजी
बर्ष ३०/३२ को राजेश यादवलाई मिति २०८१/११/०४ गते आईतवार बेलुका प्रहरी
नियन्त्रणमा लिएको छ । लागू औषध खैरो हेरोईन बिक्री वितरण हुँदैछ
भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवर र
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको संयुक्त टोलीले चेक
जाँच गर्ने क्रममा प्र२-०२-००४ प ९०३७ नम्बरको
मोटसाईललाई चेकजाँच गर्दा निजलाई उक्त परिमाण बराबरको लागू औषध सहितनियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।