लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-०६
- A
- A-
- A+
सर्लाही,
पर्सा गाउँपालिका ६ मङराहा पोखरी स्थितबाट लागू औषध ONEREX-
100 ML को १७० पिस र RJE-SCEN-100 ML को
२४ पिस गरी जम्मा १९४ पिस सहित जिल्ला सर्लाही लालबन्दी नगरपालिका ११ बस्ने बर्ष
२६ को मुकेश यादव र बर्ष १९ को संजिव महतोलाई मिति २०८१/११/०५ गते सोमवार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी
पर्साबाट खटिएको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट
नेपाल तर्फ आउँदै गरेको ना.४२ प.४२७० नम्बरको मोटरसाईकलाई उक्त परिमाण बराबरको लागू
औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।