फरार प्रतिवादी पकाउ
२०८१-११-०८
- A
- A-
- A+
१. सिरहा, कर्तव्य ज्यान मुद्दामा २५
वर्ष कैद सजाय भएको फरार प्रतिवादी सिरहा नगरपालिका ४ रमौल बस्ने बर्ष ४५ को मो. शेख
अन्जुमलाई मिति २०८१/११/०७ गते बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला
प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा गाउँ घरमा
लुकी छिपी बसिरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।