लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-११
- A
- A-
- A+
१. बारा,
जितपुरसिमरा उपमहानगरपालिका २१ स्थितबाट ५.९ किलो ग्राम लागू औषध गाँजा सहित जिल्ला
पर्सा बिरगंज महानगरपालिका १८ ईनर्वा मैनाली बस्ने वर्ष २१ को राजकिशोर कुर्मीलाई आईतवार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको
प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको पैदल यात्रीलाई चेक जाँच गर्ने
क्रममा निजलाई उक्त परिमाण बराबरको लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. बारा,
जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोक स्थितबाट २१ किलो ग्राम लागू औषध गाँजा सहित
शनिवार दिउँसो जिल्ला मकवानपुर राकसिरंग गाउँपालिका १ बस्ने बर्ष ४० को अर्जुन
रुम्बा, बर्ष ३४ को राजु लामा र बर्ष ३१ को प्रदिप मोक्तानलाई प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा नारायणगढबाट बिरगंज तर्फ
जाँदै गरेको बा ४ ख ७५१७ नम्बरको यात्रु बाहक बसलाई चेक जाँच गर्ने क्रममा बसको सिट
मुनि लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाण बराबरको लागू औषध गाँजा सहित
निजहरुलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।