लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-१९
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उप-महानगरपालिका
१ पथलैया चोक स्थितबाट लागू औषध अफिम जस्तो देखिने कालो पदार्थ ५ किलो ५०० ग्राम
सहित जिल्ला धादिङ गजुरी नगरपालिका ४ बस्ने बर्ष २६ को राजन चेपाङलाई सोमवार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी
टोलीले धादिङबाट बिरगंज तर्फ जाँदै गरेको
प्र ०३-०३-००१ प ५२७३ नम्बरको मोटसाईकललाई चेक जाँच गर्ने क्रममा निजलाई
उक्त लागू औषध अफिम जस्तो देखिने कालो पदार्थ सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा, जितपुर सिमरा उप-महानगरपालिका
१ सिमरा स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १७० ग्राम सहित देश
भारत विहार राज्य मोफासिल सिवाना जिल्ला थाना सिवाना चनौर ग्राम पञ्चायत वडा नं. १४
बस्ने वर्ष ३५ को गौतम कुश्वाहा, देश भारत विहार राज्य पूर्व चम्पारण जिल्ला
रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत वडा नं. ७ बस्ने वर्ष ३० को रन्जन कुमार सिंह
र देश भारत विहार राज्य पूर्व चम्पारण जिल्ला रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत
वडा नं. १० बस्ने वर्ष ४० को संजिव कुमार रामलाई सोमवार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट
खटिएको प्रहरी टोलीले सिमरा स्थित रहेको राज होटेलको १०६ नम्बरको कोठामा खानतलासी
गर्दा निजहरुलाई उक्त लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।