बाघको आक्रमणबाट मानिसहरु घाईते भएको
२०८१-११-१९
- A
- A-
- A+
सप्तरी, मिति २०८१।११।१९ गते समयमा सप्तकोशी
नगरपालिका १ खोरिया टोल स्थित सहिद रंगशाला नजिकै जंगली बाघ निस्केर सोही स्थान
बस्ने बर्ष ४३ को कृष्ण बिष्ट, बर्ष ५५ को गणेश खत्री, वर्ष ६५ को रिजन गोसाई, सप्तकोशी नगरपालिका १ फत्तेपुर बस्ने वर्ष ६० को
गोपाल बिक र वर्ष ५० को कान्छा राई भन्ने
मिन बहादुर राईलाई आक्रमण गरी घाईते बनाएको भनी प्रहरी चौकी फत्तेपुर सप्तरीमा
जानकारी प्राप्त हुना साथ खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बेस फत्तेपुर
सप्तरीबाट खटिएको संयुक्त टोलिले कोशी टापु वन कार्यालयलाई जानकारी गराएकोमा कोशी
टप्पु बन्यजन्तु आरक्षणको टोलि खटि गई बाघलाई उद्वार तथा नियन्त्रणमा लिई पर्सा राष्ट्रिय
निकुञ्जको लागि लिईगएको साथै घाईतेहरुको उपचार भईरहेकोमा निजहरुको अवस्था सामान्य
रहेको ।