रिंकु कुमारी सदायको झुण्डी मृत्यू प्रकरण मुद्दाका मुख्य आरोपी पक्राउ
२०८१-११-२१
- A
- A-
- A+
१.
सिरहा, मिति २०८१।१०।३० गते नवराजपुर गाउँपालिका १
भगवतीपुर टोल स्थित बिगुल सदायको छोरी बर्ष १७ की रिंकु कुमारी सदायले के-कुन कारणले
आफ्नै घरमा सलको पासो लगाइ झुण्डि मृत अवस्थामा रहेको घट्ना सम्बन्धमा मृतक रिंकु कुमारी सदायको ठुलो बुवा
रामसेवक सदायले आत्महत्या दुरूत्साहनको जाहेरी दिएको र मृतककी आमा सिता देवी
सदायले अपहरण गरी शरीर बन्धक राखि जवरजस्ती करणी गरी त्यसपश्चात हत्या गरी लेनदेन गरी
मिलापत्र गर्न खोजेको समेत कसुर शिर्षकमा दिएको जाहेरी मुद्दाको शिर्षकमा
अनुसन्धान गरी खोजतलास गर्दै जाँदा मिति २०८१।११।२१ गते इलाका प्रहरी कार्यालय
लहानबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका १७ स्थित नेपाल भारत सिमा नजिकबाट
उक्त मुद्दाका मुख्य आरोपी टिन्कु भन्ने रूपेश मण्डललाई पक्राउ गरी प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।