लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-२८
- A
- A-
- A+
१.
सिरहा, गोलबजार नगरपालिका-४ स्थितबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने
बस्तु ७१० मिली ग्राम सहित औरही गाउँपालिका-२ बनिनिया टोल बस्ने वर्ष ३० की नगिरा
खातुन र गोलबजार नगरपालिका-७ चोहर्वा
बस्ने वर्ष १६ को राज चौधरीलाई मंगलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । हाइवे
होटलमा लागू औषध बिक्री वितरण भइहरेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी
कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उक्त होटलमा खानतलासी गर्दा उक्त परिमाण
बराबरको खैरो हिरोइन जस्तो देखिने लागू औषध फेला परेकोले उक्त लागू औषध सहित होटल
संचालक नागिरा खातुन र राज चौधरीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा, जितपुर सिमरा उप-महानगरपालिका ३ बजनी स्थितबाट लागू औषध गाँजा १३ किलो
ग्राम सहित जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने बर्ष ५० की सुशिला गोलेलाई
बुधवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा अस्थाई प्रहरी
पोष्ट रामबनबाट खटिएको प्रहरी टोलीले बिरगंज पथलैया सडक खण्डमा हेटौंडाबाट बिरगंज
तर्फ जाँदै गरेको ना ८ ख ६०६१ नम्बरको माईक्रो लाई चेक जाँच गर्ने क्रममा निजलाई
उक्त परिमाण बराबरको लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।