फरार प्रतिवादी नियन्त्रणमा
२०८१-१२-०२
- A
- A-
- A+
सप्तरी, लागू औषध ब्राउन सुगर मुद्दामा २
महिना २५ दिन कैद सजाय भएको फरार प्रतिबादी शम्भुनाथ नगरपालिका ७ भगवतपुर बस्ने बर्ष २२ को
प्रहलाद सदालाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजलाई शम्भुनाथ
नगरपालिका ६ कठौनाबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।