लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-०६
- A
- A-
- A+
१.
सर्लाही, लालबन्दी नगरपालिका-२
स्थितबाट लागु औषध ONEREX(100ml)-६५ बोतल र SPASMO-PROXYVON PLUS- १८ पतामा १४४ ट्याब्लेट
सहित महोत्तरी सोनमा गाउँपालिका-२ बस्ने वर्ष ३५ को राम पुजन साह सुडीलाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । रेल्वे
ट्रयाकको बाटो हुँदै लागु औषध ओसार पसार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा
इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले ट्रयाकको बाटोमा चल्ने
सवारी साधन समेतलाइ चेकजाँच गर्ने क्रममा बर्दिवासबाट डाबरी तर्फ जाँदै गरेको ज १२
प ६१२१ नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा निजलाई उक्त परिमाण बराबरको लागू
औषध सहित नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, ब्रहम्पुरी गाउँपालिका-५
स्थितबाट लागू औषध WINREX 100 ML लेखिएको ५० बोतल सहित देश भारत बिहार राज्य जिल्ला सितामाढी सोनबर्षा थाना
घुरघुरा टोल बस्ने बर्ष २८ को नन्द पासवानलाई बुधवार बेलुका प्रहरीले नियन्त्रणमा
लिएको छ । प्रहरी चौकी पर्साबाट खटिएको चेकिङ
टोलीले चेकजाँच गर्ने क्रममा BR 30 F 8663
नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्न खोज्दा मोटरसाईकल चालक फरार भएकोमा सोही
मोटरसाईकलमा पछाडी सवार निज नन्द पासवानलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, सिरहा नगरपालिका-७ स्थितबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ
०.९५० मिली ग्राम सहित मिर्चैया नगरपालिका १० बस्ने वर्ष २३ को राकेश कुमार मण्डल, वर्ष ३० को सुबोध कुमार साह र वर्ष १९ को
सतिपुजन साहलाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी
कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा र चोहर्वा सडक खण्डमा दक्षिण देखी उत्तरतर्फ जाँदै गरेको मधेस
प्र.०१-००५ १०४० नम्बरको मोटरसाईकलमा सवार निजहरूलाई खानतलासी गर्दा उक्त लागू औषध (ब्राउन सुगर)
जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
४.
सप्तरी, सप्तकोशी नगरपालिका १
शान्ति नगर स्थितबाट लागू औषध Nitrazepam Tablets i.p.10
mg १४ पत्तामा १४० पिस र Codeine
Phosphate and Triprolidine Hydrochloride Syrup 1000 ml को बोतल थान-४ सहित सुनसरी भोक्रा
नर्सिङ गाउँपालिका-६ बस्ने वर्ष २६ को ममताज मिया र सुनसरी देवानगंज गाउँपालिका-१
बस्ने वर्ष २५ की तिलो कुमारी यादवलाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ
। शान्ति नगर टोल बस्ने जय प्रकाश गुप्ताको घरमा डेरा लिई २ जना व्यक्तिले
प्रतिबन्धित लागू औषध लुकाई छिपाई ओसारपसार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा
प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषध सहित
निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।