खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-१२-१०
- A
- A-
- A+
सर्लाही, बागमती नगरपालिका ११ चेक
प्वाईन्टबाट अन्दाजी मुल्य रू. ६२,३०,२७०/- रुपैयाँ बराबरको खुद्रा सामान सहित बा.प्र.०३-००१ ख ०९४१ नम्बरको
कन्टेनर ट्रकलाई आईतवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय कर्मैयाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले बिराटनगरबाट नेपालगंज तर्फ जाँदै
गरेको उक्त कन्टेनर ट्रकलाई चेक जाँच गर्दा कन्टेनर ट्रकमा लोड भएको खुद्रा सामानहरूको
बिल भरपाई शंकास्पद देखिएकोले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान
कार्यालय पथलैया, बारामा बुझाईएको छ ।