लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-१२
- A
- A-
- A+
१. पर्सा, बहुदरमाई नगरपालिका वडा नम्बर-६ भौराटार स्थितबाट लागू औषध गाँजा-१३ किलो र लागूऔषध अफिम जस्तो देखिने पदार्थ २५० ग्राम सहित सोमबार बेलुका सोही स्थान बस्ने अन्दाजी बर्ष ३३ को अमेरिका प्रसाद साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागू औषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अमेरिका प्रसाद साह गोढको घरमा खानतलासी गर्दा निजको एक तल्ले पक्की घरको दक्षिण तर्फको कोठामा सुनयोजित तरिकाले लुकाइ छिपाइ राखिएको लागू औषध गाँजा र लागू औषध अफिम जस्तो देखिने पदार्थ सहित निजलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. बारा, जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर-२१ स्थितबाट लागू औषध गाँजा २५ किलो १५० ग्राम सहित जिल्ला मकवानपुर, हेटौंडा उप-महानगरपालिका वडा नम्बर-९ पसुपतीनगर बस्ने मोटरसाईकल चालक पुर्ण बहादुर श्रेष्ठको छोरा बर्ष २८ को गोविन्द श्रेष्ठ र पछाडी सवार वडा नम्बर-१३ पदमपोखरी बस्ने सुर्जे घलानको छोरा बर्ष २० को सागर घलानलाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगंजतर्फ जादै गरेको बा.प्र.०२-०५४ प ९१७३ नम्बरको मोटरसाईकललाई लखेट्ने क्रममा चकरी अमलेखगन्ज सडक खण्ड अन्तर्गत अकल बहादुर कार्की हस्पिटल अगाडी उक्त मोटरसाईकललाई नियन्त्रणमा लिई चेक जाँच गर्दा बोकीरहेको कालो ब्याग खोली हेर्दा अबैध लागू औषध गाँजा फेला परेकोमा मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
१.