लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-१३
१.
पर्सा, बिरगंज महानगरपालिका १३
राधेमाई स्थितबाट लागू औषध NITRAZEPAM TABLETS IP 10 MG
लेखिएको २४ पिस सहित बुधवार बेलुका सखुवा प्रसौनी गाउँपालिका ३
बस्ने वर्ष २० को बसिर अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक
प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी
टोलीले राधेमाई स्थित यातायात कार्यालय बिरगंजमा लाईसेन्सको लिखित परिक्षा दिन
आएको व्यक्ति ट्रायल सेन्टरको लिखित परिक्षा कोठाबाट बाहिर निस्कने क्रममा मातिएको
अवस्था हिंडडुल गरिरहेकोले शंका लागी निजलाई चेक जाँच गर्दा निजलाई उक्त परिमाण
बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
बारा, जितपुर सिमरा उप-महानगरपालिका ४ औराहाबाट लागू
औषध गाँजा १५० किलो ग्राम सहित जितपुरसिमरा
उपमहानगरपालिका २२ चक्री टोल बस्ने बर्ष ४२ को बुद्ध घलान, जितपुरसिमरा उपमहानगरपालिका ८ बस्ने बर्ष ३६ को
नन्दकिशोर सहनी, बर्ष २८ को बिर बहादुर डम्वा र जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका १५
रातोमटि बस्ने बर्ष २७ को सोमलाल पाख्रीनलाई मंगलवार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र लागू औषध नियन्त्रण
ब्युरो शाखा कार्यालय बिरगंज, पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुधौरा
खोलामा रतनपुरबाट बकुलिया तर्फ जाँदै गरेको अवस्थामा निजहरुलाई उक्त परिमाण बराबरको
लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।