लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-१७
- A
- A-
- A+
महोत्तरी,
एकडारा गाउँपालिका-४ चकवाबाट लागू औषध गाँजा ५०० ग्राम सहित मनरासिस्वा नगरपालिका ९
बस्ने बर्ष १७ को दिपक कुमार साहलाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी हल्खोरीबाट खटिएको प्रहरी टोलीले म.प्र.०२-००५ प ८९६३ नम्बरको मोटरसाईकललाई
चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध गाँजा
सहित नियन्त्रणमा लिएको हो । उक्त मोटरसाईकल पछाडी सवार बर्ष १६ को बलिराम यादब
फरार रहेकोमा निजको खोजतलास तथा आवश्यक अनुसन्धान भईरहेको छ ।