लागू औषध गाजाँ सहित मानिस नियन्त्रणमा
२०८१-१२-१८
- A
- A-
- A+
महोत्तरी, बर्दिबास नगरपालिका ३ अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरीडाडाँबाट लागू औषध गाँजा २३५.६ किलो ग्राम सहित जिल्ला मकवानपुर थाहा नगरपालिका ७ डाडाबास बस्ने बर्ष २७ को कबिराज गोलेलाई सोमवार बेलुमा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा सिन्धुलीबाट बर्दिबास तर्फ आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख. ५३७१ नम्बरको निलो रंगको मिनीट्रकलाई रोकी चेक जाँच गर्दा उक्त मिनि ट्रकमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाण बराबरको अबैध लागू औषध गाँजा फेला परेकोले निजलाई उक्त लागू औषध र मिनी ट्रक सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।