प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-१२-२५

  • A
  • A-
  • A+
Share


१.      सिरहा, नवराजपुर गाउँपालिका ३ स्थितबाट जबरजस्ती करणी मुद्दामा ४ महिना कैद सजाय भएको फरार प्रतिवादी सोही स्थान बस्ने बर्ष ६० को बिल्टु साह कलाल सुकिलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा गाउँ घरमा लुकी छिपी बसिरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८१-१२-२९

१.     सप्तरी, खड्क नगरपालिका-५ बस्ने प्रतिबन्धित लागु औषध मुद्दामा ३ महिना २७ दिन कैद र रु २००० (दुई हजार) जरिवाना भएको फरार प्रतिवादी  बर्ष ४७ को सम्पत लाल चौधरीलाई बिहिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजको वतन एरिया बाट पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, गोलबजार नगरपालिका-९ डण्डा टोल स्थितबाट प्रतिबन्धित लागु औषध मुद्दामा ११ महिना १७ दिन कैद तोकिएको फरार प्रतिवादी ऐ.ऐ.बस्ने सोन्फी कापरको श्रीमती अं.बर्ष ६३ की प्रमेश्वरी देवी कापरलाई शुक्रवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजकै गाउँ घरबाट फेलापारी नियन्त्रणमा लिईएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध खैरो र सेतो ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८१-१२-२७

बारा, फेटा गाउँपालिका-३ चौतारा स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १५८ ग्राम ९१० मिलि ग्राम सहित ट्याक्टर चालक देश भारत शिवनगर इनर्वा पञ्चायत पुर्वी चम्पारण-२ बस्ने चन्द्रीका पटेलको छोरा अन्दाजी वर्ष ३० को टुटु कुमार, सोही स्थान बस्ने अम्जद अंसारीको छोरा अन्दाजी वर्ष ३२ को टुटु अंसारीलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । घोडासाहनबाट फेटा तर्फ आउँदै गरेको नेपाली नम्बर प्लेटको ट्याक्टरको ट्याङ्कीमा लागु औषध ब्राउन सुगर बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिइएको प्रहरी टोलीले  ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेकजाँच गर्दा ट्याक्टरको तेल ट्याङकी भित्र कालो प्लाष्टिकको ४ वटा पोका भित्र लागु औषध ब्राउन सुगर जस्तो देखिने कालो प्लाष्टिकमा बेरी ट्याक्टरको तेल ट्याङकी भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला पारी ट्याक्टर सहित निजहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध चरेस सहित मानिस नियन्त्रणमा
२०८१-१२-२७

जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नम्बर-१६ शंक्राचार्य गेट स्थित प्रहरी चौकी ईनर्वा पर्साबाट  खटीएका प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको पैदल यात्री देश भारत बिहार राज्य जिल्ला मोतिहारी पश्चिम चम्पारण थाना सुगौली ग्राम पञ्चायत छपरा वडा नम्बर-७ बस्ने कोदै साहको छोरा अन्दाजी वर्ष-४५ को बिकास साह कानुलाई रोकी खानतलासी गर्दा निजले  लगाएको सर्ट मुनी खरानी रंगको बण्डीको पाकेटमा पहेलो रंगको प्लाष्टिक र टेपले बेरी लुकाई छिपाई ल्याएको अवैध लागु औषध चरेस जस्तो देखिने पदार्थ ४ पोकामा २ किलो ग्राम  र निजले लगाएको  पाईन्टबाट नेपाली सिमकार्ड प्रयोगमा रहेको मोवाईल थान-१ फेला पारेकोमा नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-१२-२७

पर्सा, वीरगंज महानगरपालिका वडा नम्बर-१६ शंक्राचार्य गेट स्थित प्रहरी चौकी ईनर्वा पर्साबाट खटीएका प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको पैदल यात्री जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नम्बर-३ झवरा टोल बस्ने अन्दाजी वर्ष ४४ को सुनिल बम्जन, अन्दाजी वर्ष-२९ को पञ्चलाल माझी र अन्दाजी वर्ष-२१ को मुकेश माझी नाम बताउनेलाई रोकी खानतलासी गर्दा सुनिल बम्जनको साथबाट मोवाइल थान-१, पञ्चलाल माझीको साथबाट अवैध लागु औषध (गाँजा) जस्तो देखिने पदार्थ १ पोका र मोवाईल थान -१  र मुकेश माझीको साथबाट अवैध लागु औषध (गाँजा) जस्तो देखिने पदार्थ १ पोका गरी जम्मा अवैध लागु औषध (गाँजा)  ५ किलो ७५० ग्राम  र मोबाइल थान २ फेला परेकोमा निजहरुलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध अफिम सहित मानिस नियन्त्रणमा
२०८१-१२-२७

बारा, जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २१ स्थितमा कालो रंगको पल्सर मोटरसाइकलमा लागु औषध अफिम बोकी हिडिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अम्लेखगन्ज, बाराबाट खटिइएको प्रहरी टोलीले हेटौंडाबाट विरगंजतर्फ जाँदै गरेको प्र.२-०३-००९ प ३८७८ नम्बरको मोटरसाइकललाई पछ्याउने क्रममा ईलाका प्रहरी कार्यालय अमलेखगंजको अगाडी चेक पोईन्टमा मोटरसाइकललाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर-६ गमरिया बस्ने अमेरिका साह तेलीको छोरा अन्दाजी बर्ष ३२ को सरोज प्रसाद साहले उक्त मोटरसाइकलको सिटमुनी लुकाई छिपाई गरी ल्याईरहेको रातो प्लाष्टिकमा टेपले बेरेको अवस्थामा अबैध लागु औषध अफिम २.९९ किलो ग्राम र निजको साथबाट कि प्याड मोवाईल थान-२, नगद ९,४२०।– ( नौ हजार चार सय बिस रुपैया) बरामद गरी मानिस नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले  आवश्यक अनुसन्धान गरिरहेको छ ।