लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-२६
- A
- A-
- A+
१.
बारा, निजगढ नगरपालिका-७ भमरापुल स्थितबाट
लागुऔषध नुर्फिन-३० पिस, फेनार्गन-३०, डाईजोपम-३०, सपामो-१० पिस, ट्रामाडोल-१० पिस,
नाईट्रोजोपन-१० पिस र सिरिन्च-१ पिस सहित स्कुटी चालक, सोही नगरपालिका-६ भमरा टोल
बस्ने चित्र बहादुर राउतको छोरा अन्दाजी बर्ष ३० को अमृत राउत, लच्का टोल बस्ने बिमल
पौडेलको छोरा अन्दाजी बर्ष-२० को उदय कुमार पौडेल र जित सिंह लामाको छोरा अन्दाजी बर्ष-१६
को सोयम लामा समेतलाई सोमबार राती प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले रौतहट
जङगल सहियाबाट निजगढ तर्फ डोरियाई ल्याउँदै गरेको म.प्र.०३-०२७ प ४७०४ नम्बरको
स्कुटीलाई रोकि चेकजाँच गर्ने क्रममा स्कुटीको डिक्किमा लुकाई छिपाई कालो प्लास्टिकमा
प्रतिबन्धित लागुऔषध फेला पारी निजहरुलाई नियन्त्रणमा लिइ यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।