लागु औषध अफिम सहित मानिस नियन्त्रणमा
२०८१-१२-२७
- A
- A-
- A+
बारा, जितपुर सिमरा उप-महानगरपालिका
वडा नम्बर २१ स्थितमा कालो रंगको पल्सर मोटरसाइकलमा लागु औषध अफिम बोकी हिडिरहेको
भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अम्लेखगन्ज, बाराबाट खटिइएको प्रहरी टोलीले हेटौंडाबाट विरगंजतर्फ जाँदै गरेको
प्र.२-०३-००९ प ३८७८ नम्बरको मोटरसाइकललाई पछ्याउने क्रममा ईलाका प्रहरी कार्यालय
अमलेखगंजको अगाडी चेक पोईन्टमा मोटरसाइकललाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा जिल्ला
पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर-६ गमरिया बस्ने अमेरिका साह तेलीको छोरा अन्दाजी
बर्ष ३२ को सरोज प्रसाद साहले उक्त मोटरसाइकलको सिटमुनी लुकाई छिपाई गरी
ल्याईरहेको रातो प्लाष्टिकमा टेपले बेरेको अवस्थामा अबैध लागु औषध अफिम २.९९ किलो
ग्राम र निजको साथबाट कि प्याड मोवाईल थान-२, नगद ९,४२०।– ( नौ हजार चार सय बिस रुपैया) बरामद गरी मानिस नियन्त्रणमा लिएको । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।