फरार प्रतिवादी पक्राउ
२०८१-१२-२९
- A
- A-
- A+
१.
सप्तरी, खड्क नगरपालिका-५ बस्ने प्रतिबन्धित लागु औषध मुद्दामा ३
महिना २७ दिन कैद र रु २००० (दुई हजार) जरिवाना भएको फरार प्रतिवादी बर्ष ४७ को सम्पत लाल चौधरीलाई बिहिवार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा
निजको वतन एरिया बाट पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
२.
सिरहा, गोलबजार नगरपालिका-९ डण्डा टोल स्थितबाट
प्रतिबन्धित लागु औषध मुद्दामा ११ महिना १७ दिन कैद तोकिएको फरार प्रतिवादी
ऐ.ऐ.बस्ने सोन्फी कापरको श्रीमती अं.बर्ष ६३ की प्रमेश्वरी देवी कापरलाई शुक्रवार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजकै गाउँ घरबाट फेलापारी नियन्त्रणमा लिईएको
छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।