लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-०४
- A
- A-
- A+
जिल्ला, बारा प्रसौनि गाउँपालिका-४ खुटवा बस्ने
तेज नारायण साहको छोरा अन्दाजी वर्ष-३१ को पवन कुमार साह आफ्नै घरमा लुकाइ छिपाइ गाजा
बिक्री वितरण गरेको भन्ने विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय, प्रसौनिबाट
प्रहरी टोली खटि गई घर तलासी गर्दा लागुऔष गाँजा प्लास्टिक सहित २ किलो ३७० ग्राम
गाँजा, नगद रु.२७,४३०।- (सत्ताईस हजार चार सय तीस) रुपैया र १ थान मोबाईल सहित पवन कुमार
साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।