फरार प्रतिवादी पक्राउ
२०८२-०१-२१
- A
- A-
- A+
सप्तरी, सुरुङगा नगरपालिका-६ कडरवोना चौक स्थितबाट लेनदेन विगोन
मुद्दामा २ वर्ष कैद सजाय भएको फरार प्रतिवादी जिल्ला सप्तरी सुरुङगा नगरपालिका-६
कडरवोना बस्ने जगदिस साह हलुवाईको छोरा अन्दाजी वर्ष ४५ को जिवछ कुमार साह हलुवाईलाई
शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । लुकिछिपि बसिरहेको छ भन्ने गोप्य सूचनाको
आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले कडरवोना चौकबाट
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।