ब्राउन सुगर सहित मानिस पक्राउ
२०८२-०१-२१
- A
- A-
- A+
सिरहा, सिरहा नगरपालिका- १७ खटोका स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ (प्लाष्टिक सहित) ५ ग्राम ४८० मिलिग्राम सहित देश भारत जिल्ला मधुबनी
कमलाकारी ग्रामपञ्चायत वडा नम्बर-६ बस्ने लक्ष्मण यादबको छोरा अन्दाजी वर्ष-३५ को
धर्मेन्द्र यादवलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । खटोका स्थित अजय
होटल तथा मदिरा पसलमा लागु औषध ब्राउन सुगर छ
भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी
कार्यालय माडर र सशस्त्र
प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म माडर बाट खटिएको संयुक्त टोलीले निजको पसलमा
खानतलासी गर्दा पसलमा लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ
सहित धर्मेन्द्र यादवलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।